मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । आँटेको काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । मणीय र सुखद् यात्राको योग पनि छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ कार्यहरू सम्पन्न हुनेछन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
समय निकै उत्साहजनक रहनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनोरञ्जनमा सहभागीता भइएला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्त संग रमणीय र सुखद् यात्राको योग छ । तिर्थाटनको योग पनि रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाईनेछ ।– ज्यो.प. नारायणप्रसाद दुलाल
Leave a Reply