Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • बैंकिङ घोटालामा अख्तियारद्वारा १३६ जनाविरुद्ध मुद्दा दायर

    बैंकिङ घोटालामा अख्तियारद्वारा १३६ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ घोटालासम्बन्धी विषयमा एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    आयोगले झण्डै रु ४० करोड बराबरको घोटाला भएको तथ्यसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।



    सरकारी स्वामित्वको नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि र सो फाइनान्ससमेत ‘मर्ज’ भइ बनेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका नवौँ तहका कर्मचारी छविरमण अधिकारीले गलत तरिकाले कर्जा प्रवाह गरेको पाइएको छ।



    उक्त बैंक हाल नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा समाहित भएको छ । आयोगका अनुसार सो बैंकको दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा न्यूनतम मापदण्डसमेत नअनाएको पाइएको छ।

    लापर्वाही तवरले ठूलो मात्रामा कर्जा प्रवाह भएको तथा हिनामिना, हानी नोक्सानी गरिएको पाइएको छ । धितोको मूल्याङ्कन गर्दासमेत बदनियत राखिएको पाइएको छ ।

    आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिक कन्सेप्ट नेपालका सञ्चालक मनोजकुमार भेटवाल, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामासमेतलाई पक्राउ गरी विशेष अदालतमा पेश गरेको छ।

    आयोगले कूल ११ मुद्दामा फरक फरकरुपमा नागरिक लगानी कोषका तर्फबाट सञ्चालक रहेका छविरमण अधिकारीसमेत गरी १३६ विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध बिगोअनुसारको कारवाहीको माग गरिएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार