काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगत्तै जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न टोखा पुगेका छन् ।
देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका हुन् ।
मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन् ।
यता, जसपाले प्रधानमन्त्री ओलीलाई साथ दिने चाल पाएपछि प्रचण्ड आजै पूर्व मित्र भट्टराईलाई भेट्न पुगेको बुझिएको छ ।
Leave a Reply