Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेका केन्द्रीय सदस्यको नामावली बोकेर पेरिसडाँडा पुगे नेपाल

काठमाडौँ। सर्वोच्च अदालतले तीन बर्षअघि एकीकरण भएको नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अबस्थामै फर्काएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टीएका माधव कुमार नेपाल ठूलो समस्यामा परेका छन्।

नेकपामा हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर प्रचण्ड-माधव समूह खडा गरेका नेपाललाई सर्वोच्चको फैसलाले उठ्नै गाह्रो हुने गरी पछारेको छ । यो अवस्थामा नेपाललाई ओलीसँग मिल्न कठिन छ भने, पार्टी फुटाएर छुट्टीन झनै कठिन छ।

सर्वोच्चको फैसलासँगै ठूलो समस्यामा परेका नेपाल एमालेका केन्द्रीय सदस्यको नामावली बोकेर पेरिसडाँडा पुगेको बताईएको छ।

तत्कालीन एमालेका पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीमा माधव नेपाल पक्षको ४० प्रतिशत भन्दा बढी संख्या छ । यिनै बिषयमा छलफल गर्न प्रचण्ड-माधव समूहले पेरिसडाँडामा बैठक आयोजना गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077