Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • मेयर कप : काठमाडौँद्वारा आर्मीलाई १५६ रनको लक्ष्य

    मेयर कप : काठमाडौँद्वारा आर्मीलाई १५६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर-११ ले त्रिभुवन आर्मी क्लबलाई जितका लागि १ सय ५६ रनको लक्ष्य दिएको छ ।

    क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रन बनायो ।



    काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाए भने सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराले १९ रन बनाए ।



    त्यस्तै, हरिशंकर साह १८ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने १३ रन जोड्दा आउट भए ।

    आर्मीका शाहब आलमले ४ विकेट लिए ।

    अबको केहीबेरमा आर्मी जवाफी ब्याटिङमा उत्रदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार