Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मलाई प्रधानमन्त्री हुनु छैन : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

शनिबार काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमोचन समारोहमा उनले भने, ' म प्रधानमन्त्रीको दौडमा छैन ।'

'म प्रधानमन्त्री हुनै चाहेको छैन,' उनले भने, 'मलाई प्रधानमन्त्री हुनु पनि छैन । यी सबै कुरामा नलाग्नु होला' ।

काँग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताएका हुन् ।

यस्तै, उनले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको पनि बताए ।

नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077