Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ओलीले भोलीसम्म राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गरेर हटाउने प्रचण्ड–माधव पक्षको निर्णय

    ओलीले भोलीसम्म राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गरेर हटाउने प्रचण्ड–माधव पक्षको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गरेर हटाउने निर्णय गरेको छ ।

    प्रचण्ड–माधवको शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा पहिलो सर्त बनाएको छ ।



    बैठकले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्दै राजनीतिक निकासका लागि संसद बैठक अघि प्रधानमन्त्रीलाई राजीनामा गर्न आग्रह गरेको हो ।



    यो पक्षले आइतबार बिहानसम्म प्रधानमन्त्री ओलीको राजीनामा कुर्ने र नगरेको खण्डमा बिहान १० बजे नै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना बनाएको छ ।

    संसदीय दलको नेतामा चयन भएपछि अध्यक्ष प्रचण्डले भने–‘आउने दिन सहज बनाउँने हो भने संसद पुर्नस्थापना भइसकेपछि र आज संसदीय दलको बहुमतले झन्डै १ सय १५ जनाको हस्ताक्षरको बहुमतले मलाई दल नेता चयन गरिसकेपछि प्रधानमन्त्री केपी ओलीले अविलम्ब राजीनामा दिनु उहाँको लागि पनि देशको लागि पनि सहज हुन्छ । उहाँले दिनुभएन भने त हामी संविधान, नियम कानुन, पद्धति अनुसार संसदबाटै हल खोल्छौँ । उहाँले अविश्वासको प्रस्तावको बाटोमा जान हामीलाई बाध्य पार्नुभएको छ हामी त्यही बाटो जान्छौँ ।’

    यता, प्रधानमन्त्री केपी शर्मा ओली भने राजीनामा दिने पक्षमा छैनन् । शुक्रबार नै आयोजित विप्लव समूहस भएको सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ‘संसदीय दलको नेता म यहाँ छु । कता हो दलको बैठक बसेको छ रे ।’ भन्दै व्यङ्ग्य गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार