Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद पुनर्स्थापनापछि सांसद किनबेच गर्ने चलखेल बढेको अध्यक्ष थापाको टिप्पणी

रुपन्देही। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संसद् पुनस्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि मुलुकमा सांसद किनबेच गर्ने चलखेल रहेको बताएका छन् ।

शुक्रबार भैरहवास्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा उनले सांसद किनबेच गर्ने, राजनीतिक दलहरूबीच अपवित्र गठबन्धन बनाउनेजस्ता कार्यको आभास हुन थालेको बताएका हुन् ।

‘यस्ता राजनीतिक गतिविधिले अराजकता निम्त्याउने, जनतामा वितृष्णा जगाउने र प्रजातान्त्रिक तथा लोकतान्त्रिक पद्धतिलाई नै कमजोर बनाउने गरेको थापाले बताए।

यसको साटो निर्वाचनमा गएर ताजा जनादेश लिनु नै उपयुक्त बाटो भएकोमा थापाले जोड दिए ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीचको सहमति सकारात्मक कदम भएको टिप्पणी गर्दै थापाले अब चन्द समूहले सबै हतियार बुझाउनुपर्ने र त्यसको चाँडै व्यवस्थापन गरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077