काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन् । प्रहरीको स्कटिङमा उनी काठमाडौं भित्रिएका हुन् ।
हिजो सरकारसँग तीन बुँदे सहमति भएपछि आज विहानै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका नेकपा महासचिव विप्लव निजी गाडी चढेर केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् ।
नागढुंगा नाकाबाट काठमाडौं भित्रिएका उनी सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुववाटार पुग्ने कार्यक्रम तय भएको छ ।
सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका राजन भट्टराईका अनुसार विप्लव बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीपछि मात्रै राष्ट्रिय सभा गृहमा हुने समारोहमा सहभागी हुनेछन् ।
‘उहाँ अहिले काठमाडौँ आउदै हुनुहुन्छ । काठमाडौ आएपछि सोझै बालुवाटार आउनुहुन्छ । केहीबेर प्रधानमन्त्रीसँग छलफल गरेर राष्ट्रिय सभा गृह जानुहुनेछ’, भट्टराईले भने,‘केही विषयमा कुराकानी गर्नुपर्ने भएकाले पहिला बालुवाटारमा भेटवार्ता राखिएको हो ।’
त्यसपछि दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् ।
सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।
Leave a Reply