Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'विरामी अवस्थामा रहेको नेकपालाई चिकित्सकको खाँचो'

ताप्लेजुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका नेता तथा पुर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्तै राजीनामा दिन आग्रह गरेका छन् ।

शुक्रबार प्रेस संगठन नेपालले फुङलिङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीलाई राजिनामा दिएर पार्टी एकताको ढोका खोल्न आग्रह गरेका हुन् ।

नेता भट्टराईले आफु एकताको पक्षमा रहेको बताउँदै उनले देश र जनताका लागि प्रचण्ड र माधब नेपाललाई समेत पदको मोह छाडेर पार्टी एकताको लागि अगाडि बढ्न आग्रह गरे ।

पार्टी अहिले संक्रमणमा रहेको बताउँदै एकताको लागि देशैभरबाट कार्यकर्ताले आग्रह गरेको उनले बताए ।

विरामी अवस्थामा रहेको नेकपालाई राम्रो चिकित्सक भए बचाउन सकिने भन्दै नेता भट्टराईले आगामी दिनमा पार्टी भित्र राम्रो चिकिस्सकको आवस्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077