काठमाडौं । सरकारसँगको तीन बुँदे सहमतिपछि आज नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् ।
राष्ट्रिय सभागृहमा आज दिउँसो दुई बजे हुने विषेस समारोहमा सहभागी हुन विप्लव नवलपरासीबाट प्रहरीको स्कटिङमा कााठमाडौं आउँदै छन् ।
अजको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।
सरकारसँग सहमति भएसँगै नवलपरासीबाट विप्लवका तस्वीरहरु सार्वजनिक भएका छन् । प्रधनमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपालाई खुल्ला राजनीतिमा ल्याएका हुन् ।
आज विहान ३ बजे पूर्वी नवलपरासी आइपुगेका विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं आउँदै छन् ।
उनलाई त्यहाँ उनी निकट कार्यकर्ताहरुले विदाइ गरेका थिए ।
Leave a Reply