काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको आज झापा जाने कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री ओली र विप्लवले आज एकसाथ काठमाडौँको कार्यक्रमलाई सम्बोधन गर्ने भएपछि नेकपा ओली समूहको विर्तामोड जनसभा स्थगित गरिएको हो ।
नेकपा विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमतिपछि ओली आज झापा नजाने भएका हुन् । ओलीकै समुपस्थितिमा आजै झापाको सुखानीमा श्रद्धाञ्जली सभा गर्ने कार्यतालिका थियो । सो ठाउँमा २०२९ फागुन ९ गते झापा विद्रोहका अगुवा रामनाथ दाहालसहित पाँच जनालाई गोली हानी हत्या गरिएको थियो ।
अर्जुनधारा नगरपालिकाले सो ठाउँमा सालिकसहित पार्क निर्माण गरेको छ ।
Leave a Reply