Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • प्रचण्ड-माधव समूहद्वारा ओली, नेम्वाङलगायतलाई बर्खास्त गरेको सचिवालयलाई जानकारी

    प्रचण्ड-माधव समूहद्वारा ओली, नेम्वाङलगायतलाई बर्खास्त गरेको सचिवालयलाई जानकारी

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ। नेकपा प्रचण्ड-माधव समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई बर्खास्त गरेकोबारे सचिवालयलाई जानकारी गराएको छ ।

    प्रमुख सचेतक देव गुरुङसहितका नेताहरु बिहीबार संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई बर्खास्त गरेको जानकारी गराएका हुन् ।



    संसदीय दलमा भएको परिमार्जनबारे जानकारी दिन प्रचण्ड-माधव समूह प्रमुख सचेतक गुरुङसहित सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ संसद् सचिवालय पुगेका थिए ।



    बुधबार बसेको प्रचण्ड-माधव समूहको बैठकले पार्टीहित विपरित काम गरेको भन्दै ओलीलगायत शीर्ष नेताहरुलाई बर्खास्त गरेको जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार