Online Nepal
  • बुधबार, २ माघ २०८१
  • वीर र ट्रमा सेन्टरको अनियमितता छानविन गर्न स्वास्थ्य मन्त्रालयद्धारा समिति गठन

    वीर र ट्रमा सेन्टरको अनियमितता छानविन गर्न स्वास्थ्य मन्त्रालयद्धारा समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । देशकै पुरानो र ठूलो वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अनियमितता बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन गर्ने भएको छ ।

    मन्त्रालयले फागुन १३ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिमा उपसचिव तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका सदस्य दिपक घिमिरे, मन्त्रालयका शाखा खधिकृत दिपक रिजाल र मन्त्रालयकी शाखा अकृति तथा राष्ट्रिय ट्रमा सेन्टरकी सदस्य जुना खड्का सदस्य रहेका छन् ।



    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार निगरानी शाखा) बाट समेत छानविन गर्नका लागि पत्र आएको भन्दै मन्त्रालयले छानविन समिति गठन गरेको जनाएको छ । मन्त्रालयले १५ दिनभित्र छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

    २०६३ सालमा ऐनद्वारा स्वायत्त रुपमा सञ्चालन गर्ने निर्णय भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा केही स्वार्थी र भष्ट्राचारी समूहले आफ्नो कमाई खाने थलो बनाई स्वायत्त हुन नदिएको तथा भ्रष्टाचार मौलाएको भन्दै स्वास्थ्य मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेको थियो ।

    सर्वोच्च अदालतले समेत ट्रमा सेन्टरलाई वीर अस्पताल मातहत सञ्चालन गर्न निर्देशन दिएको छ । तर, अहिलेसम्म पनि ट्रमा सेन्टर मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको छ ।

    २०५९ सालमा अध्यादेश र २०६३ सालमा ऐन जारी भई वीर अस्पताल प्रतिष्ठानमा रूपान्तरण भएको थियो । उक्त ऐनको दफा ३, ४ र ५ मा प्रतिष्ठान स्वायत्त र स्वशासित हुने स्पष्ट उल्लेख छ । साथै दफा ६३ मा वीर अस्पतालको सम्पूर्ण चल अचल सम्पत्ति प्रतिष्ठानको हुने उल्लेख छ ।

    सर्वोच्च अदालतले पनि २०७४/१०/१४ गते फैसला गर्दे प्रतिष्ठान स्वायत्त रहेकाले ऐन अनुसार सञ्चालन गर्ने निर्देशन दिएको सोही समन्धमा फैसला कायान्वयन निर्देशनालयले पनि २०७५/०१/१३ र २०७५/०२/१३ गते स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानलाई अदालतको आदेश पालना गरी ऐन अनुसार सञ्चालन गर्ने भने पनि वीर र ट्रमाका भष्ट्राचारी समूहले आफ्नो कमाई खाने भाँडो बनाउँदै अदालतको आदेशलाई रद्दिको टोकरीमा फालेर आफू अनुकुल सञ्चालन गरिरहेका छन् ।

    सर्वोच्च अदालतले २०७२ माघ ५ गते राष्ट्रिय ट्रमा सेन्टरलाई प्रतिष्ठान अन्तर्गत वीर अस्पताल इमरजेन्सी तथा ट्रमा सेन्टर भनि सञ्चालन गर्ने आदेश दिई पनि तत्कालीन उपकुलपति डा गणेश गुरूङले आफुखुसी निर्देशक र सयौं कर्मचारी भर्ना गर्न छुट्टै रुपमा सञ्चालन गरेको थिए । त्यसैलै हालसम्म पनि उक्त सेन्टर नियमवपरित सञ्चालित रहँदै आएको छ ।

    अहिले पनि ट्रमा सेन्टरले लाखौं असुलेर आफू अनुकुल कर्मचारी भर्ना गरिरहेको छ । त्यसो त सेन्टरका सबै भन्दा जुनियर डाक्टर सन्तोष पौडेल हालका निमित्त निर्देशक बनेका छन् । एमबीबीएस पूरा गरी २ बर्ष काम गरेर मात्र एमडी अध्यान गर्ने पाउने भए पनि पौडेलले तत्कालीन स्वास्थ्य मन्त्री र उपकुलपति डा. गणेश गुरूङको मिलेमतो हाडजोर्नीमा एमएस अध्यान गरेका थिए ।

    पौडेल निर्देशक बनेपछि उनले करोडौंको उपकरणहरु मर्मत नगरि थन्काएर नयाँ किन्ने तयारी गरेका छन् । हाल सिटी स्याक्यन, ऐक्सरे, डिजिटल ऐक्सरे, इन्ट्रअप सिटी, डिएसए, फोलोस्कोपी, भेन्टिलेटर र प्रतिष्ठानले दिएको एम्वुलेन्स पनि थन्किएका छन् । थन्किएका सामान बनाउन बरिष्ठ डाक्टर र कर्मचारीहरुले पटक–पटक अनुरोध गरे पनि पौडेलले कुनै सुनुवाई गरेका छैननन् ।

    नयाँ सामान किन्दा कमिसन आउने भएकाले उनी नयाँ सामान किन्नको लागि बजेट माग गर्ने स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयमा धाई रहेको ट्रमा सेन्टरकै चिकित्सक बताउँछन् ।

    त्यसो त हालै ए ग्रेडको भनेर खरिद गरिएको एम्बुलेन्समा आवश्यक सामानहरू नै नभएको ट्रमा सेन्टरका कर्मचारी बताउँछन । डा सन्तोष पौडेल र डा गौरव ढकालको मिलेमतोमा ट्रमा सेन्टरमा सिटी तथा एमआरआई गर्न आउने बिरामीलाई निजि अस्पताल पठाउने गरेको पनि खुलिसकेको छ ।

    त्यसैगरी सेन्टरलाई आवश्यक पर्ने सामान, त्यसको मूल्य र गुणस्तरका बारेमा अस्पतालका सबै बिभाग, युटिन प्रमुख र समन्धित बिषेशज्ञसँग सल्लाह गरेर स्पेसिफिकेशन बनाउनु पर्नेमा डा पौडेल, डा ढकाल, खरीद एकाईका डा नवीन पोखरेल र नर्सिंग निर्देशक सोचना सापकोटा मिलेर आफू निकट ब्यापारीलाई बोलाएर स्पेसिफिकेशन तयार गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।

    अस्पतालमा भर्ना भई अपरेशन गर्नु पर्ने विरामीलाई आवश्यक औषधि तथा अन्य सामानहरू समेत त्रिपुरेश्वरका ब्यापारीलाई बोलाएर बेडमै पुर्याउन लगाई कमिशन लिने काम समेत उक्त समूहले गरेको भन्दै मन्त्रालयमा उजुरी परेको छ । वीर अस्पताल र ट्रमा सेन्टरकमा भएको अनियमिताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको छ ।

    उजुरीमा प्रतिष्ठानलाई कानुनसम्मत ढंगले सञ्चालन नगरी कमाई खाने भाँडो बनाउन शिक्षाध्यक्ष डा सुवोध अधिकारी, डिन डा पियुष दाहाल, वीर अस्पतालका निर्देशक केदार सेन्चुरी, वीर अस्पतालकी खरीद प्रमुख भगवती थपलिया, ट्रमाका नि .निर्देशक डा सन्तोष पौडेललगायतले सक्रिय रहेको समेत उल्लेख छ ।

    त्यसैगरी उजुरीमा नयाँ सर्जिकल भवनको अवस्था, विरामीलाइ खुवाउने समानमाथि भएको भ्रष्टाचार, अस्पतालमा आवश्यक पर्ने सामान्य ट्रलि, ह्वीलचियर जस्ता सामाग्र खरिदमा भएको अनियमितता, क्यान्सरका बिरामीलाई सेकाउने मेसिनमा भएको करोडौं भ्रष्टाचारलगायका विषय उल्लेख छन् ।

    यसरी स्वास्थ्य संस्थामा भ्रष्टाचार र अनियमितता बढ्दै जाँदा गरिव निमुखा जनताले समयमै स्वास्थ्य सेवा पाउन सकेका छैनन् भने पाइहले पनि महंगो शुल्क तिर्न बाध्य छन् । यो विषयमा छनविन समितिले कसरी काम गर्ने हो त्यो भने पर्खाइको विषय बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार