काठमाडौँ। गृहमन्त्री एवं सरकारी वार्ता टोलीका प्रमुख रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग भएको सम्झौता ऐतिहासिक भएको दाबी गरेका छन् ।
केहीबेरअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् थापाले सो कुरा बताएका हुन् ।
‘नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच हिजो र आज भएको वार्ता सफलभई सकारात्मक परिणाम आउन सफल भएको छ । यो ऐतिहासिक सहमति र सम्झौताका लागि हामी सबैलाई बधाई’, उनले लेखेका छन् ।
त्यस्तै, उनले सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्ने र अर्कोपक्षबाट पनि सरकारले त्यही अपेक्षा गरेको उल्लेख गरेका छन् ।
Leave a Reply