काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले आज आफ्ना सबै सांसदहरूलाई पेरिसडाँडास्थित पार्टी कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
समूहका स्थायी कमिटी सदस्य भीम रावलका अनुसार सांसदहरुलाई १२ बजे पार्टी कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएको हो ।
बुधबार बसेको केन्द्रीय कमिटी बैठकका निर्णयबारे छलफल तथा आगामी २३ गतेको संसद बैठकमा पार्टीको भूमिकाबारे रणनीति बनाउन सांसदहरुलाई बोलाइएको छ ।
गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै विभाजित भएको नेकपा दुई समूहमा रहेको छ। एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् ।
तर सर्बोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँगै पार्टीहरु छलफलमा व्यस्त भएका छन्।
Leave a Reply