Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सहमतिसँगै विप्लवका हजार बढी नेता कार्यकर्ता फुकुवा

    सहमतिसँगै विप्लवका हजार बढी नेता कार्यकर्ता फुकुवा

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 3K
    SHARES

    काठमाडौं । सरकार र प्रतिबन्धित नेकपा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता मुक्त हुने भएका छन् ।

    विप्लव समूहले यसअघि आफ्ना एक हजार बढी नेता कार्यकर्ता सरकारले बन्दी बनाएको भनेको थियो ।



    सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दी बनाएकाहरुलाई मुक्त गर्ने उल्लेख भएसँगै उनीहरु फुकुवा हुन लागेका हुन्। फुकुवा भएसँगै विप्लव समुहका नेता कार्यकर्तामाथि लागेको मुद्दासमेत खारेज हुने भएको छ ।



    सहमतिपछि फुकुवा हुनेमा सचिवालय सदस्य धर्मेन्द्र, बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामालगायत रहेका छन् ।

    सरकारले दुई वर्ष अघि हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार