Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

    विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.4K
    SHARES

    फाइल तस्वीर

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग ३ बुँदे सहमति भएपछि सरकारले उक्त समूहका नेता तथा कार्यकर्तामाथिको धरपकडलाई रोक्न प्रहरीलाई निर्देशन दिएको छ ।

    गृह मन्त्रालयले विप्लव समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।



    विप्लव समूहल हत्या, हिंसाजन्य कार्यमा लागेको भन्दै सरकारले २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।



    प्रतिवन्धसँगै प्रहरीले विप्लव समूहका नेता÷कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो ।

    विप्लव समूहसँग बुधबार दुई पटक प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो भने आजको वार्तामा सहमति जुटेको हो ।

    वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार