Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रतिवन्ध फुकुवासँगै प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा, भोली विस्तृत विवरण सार्वजनिक गरिने

    प्रतिवन्ध फुकुवासँगै प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा, भोली विस्तृत विवरण सार्वजनिक गरिने

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँगको सहमतिपछि उक्त समूहमाथि लगाएको प्रतिबन्ध हटाएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

    फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी गराएका छन् ।



    भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने कार्यक्रम तय भएको छ ।



    बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।

    प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख छ ।

    विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ ।

    साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको छ ।

    हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

    विप्लव समूहलाई राजनीतिमा ल्याउन सफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को एउटा सफलता मिलेको राजनीतिक चर्चा शुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार