Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रतिवन्धित विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति, अब हिंसा छोड्ने

    प्रतिवन्धित विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति, अब हिंसा छोड्ने

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपा र सरकारबीच ३ बुँदे सहमति भएको छ ।

    सरकारले हिंसा छाडेर वार्तामा आउन गरेको आग्रहलाई स्वीकार गरेको विप्लव समूहसँग आज ३ बुँदे सहमति भएको हो ।



    सहमतिसँगै अब यो समूहले हिंसा छोड्ने भएको हो ।



    सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

    वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

    हिजो दुई पटक वर्ता भएको थियो भने आज भएको वार्तामा सहमति भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार