Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभुको एक्स्टेन्सन काउण्टर

झापा । प्रभु बैंकले झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ०६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पुर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ–‘प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पुर्वाञ्चल क्यान्सर अस्पताल मा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।’

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने विश्वास लिएको पनि बैंकले जनाएको छ ।

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077