Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जिउँदै मान्छे जलाउने आलमलाई छुटाउन पहल गरिरहेको देउवाद्वारा खुलासा

रौतहट । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमलाई छुटाउन पहल गरिरहेको बताएका छन् ।

बुधबार गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्दै सभापति देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जेलमा रहेका निलम्बित सांसद आलमलाई छुटाउन आफूले पहल गरिरहेको बताएका हुन् ।

सभापति देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिलेपनि अदालती प्रक्रियामा रहेकाको र आफुलेअदालती प्रक्रियाबाटै उहाँलाई छुटाउन प्रयासरत रहेको बताएका छन्।

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह समेत गरे । पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबुु यादवलगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077