Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल गर्न फागुन २१ गते शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बोलाएका हुन् ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संसद पुनर्स्थापनापछि देखिएको गतिरोध अन्त्यका लागि कांग्रेसको भूमिकाका विषयमा छलफल हुनेछ ।

२३ गते बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।

बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् ।

संसद विघटन र पुनःस्थापनाको चक्करबीच बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077