Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीले जलहरीबारे मुख खोल्दै भने - श्रीमतीलाई गहना हाल्देको होईन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको विषयमा पहिलोपटक सार्वजनिकरूपमा मुख खोलेका  छन् ।

मंगलबार पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न झापा पुगेका ओलीले चाँदीको जलहरी खिइएर सकिएपछि सुनको हालिएको भन्दै मुख खोलेका हुन् ।

‘पशुपतिनाथ मन्दिर हिन्दूहरूको आस्थाको थलो हो । सनातन हिन्दू, आदि योगगुरु, विश्वको सबैभन्दा पुरानो दर्शन, सभ्यताको शुरूआत भगवान शिवबाट भएका हो’ उनले भने।

प्रधानमन्त्री ओलीले जलहरीबारे मुख खोल्दै भने, ‘नेपाली जनताले मानेको भगवान शिवलाई चाँदीको जलहरी उहिले कुन जमानामा बनाइएको रहेछ । त्यो खिइँदा-खिइँदा सकिएर पाप्रो मात्रै रहेछ, त्यो ठाउँमा १ सय ८ किलो सुनको जलहरी दिइयो । भ्रष्टाचार गरेर कसैलाई दिएको हैन । पशुपतिनाथलाई दिएको हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077