Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भलिबल प्रतियोगिताको समापन माधव नेपालले गर्ने

सिन्धुपाल्चोक। जिल्लामा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता शुरु हुने भएको छ ।

योङ स्टार युवा क्लब मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको आयोजनामा प्रतियोगिता फागुन २० गतेबाट शुरु हुनेछ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ७५ हजार, ५० हजार र २५ हजार रुपैंया प्रदान गरिने आयोजकका सदस्य सानुबाबु गिरिले बताए ।

प्रतियोगिताको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले गर्ने छन् ।

त्यस्तै, कार्यक्रमको समापन नेकपाका प्रचण्ड-माधव समुहका अध्यक्ष माधव कुमार नेपालले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077