आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण आयोगमा पेश गरिने छ : अध्यक्ष नेपाल
आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण आयोगमा पेश गरिने छ : अध्यक्ष नेपाल
अनलाइन नेपाल
मंगलबार, १८ फाल्गुन २०७७
1.9K
SHARES
मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने उद्घोष गरेका छन् ।
नेपाल प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको भन्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने बताएका छन् । नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा पूर्वप्रधानमन्त्री नेपालले राखेका छन् ।
निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै अध्यक्ष नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने बताए ।
Leave a Reply