काठमाडौँ । रहस्यमय बन्दै गएको उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रविन बास्तोलाको मृत्यु प्रकरणमा प्रहरीले घरबेटीलाई पक्राउ गरेको छ ।
घरबेटी उर्लवारीका रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका गिरी बास्तोला मृत्यु भएको समयमा उनकै घरमा साथीहरूसँग सुतेका थिए ।
गत पुस २२ गते घरबेटी गिरी र होटेल सञ्चालकविरुद्ध उजुरी परेको थियो । उनीहरूलाई प्रहरीले २७ गते पक्राउ गरेपनि सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भनेपछि उनीहरूलाई माघ २ गते छाडिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार आइतबार उनीहरुलाई उर्लावारीबाट नै पक्राउ गरेको र आज सोमबार अदालतमा उपस्थित गराइने छ।
Leave a Reply