Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुरामलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

काठमाडौं । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेका पूर्वप्रधानमन्त्री एवंम जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ ।

भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।

न्युरो-इन्क्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए ।

भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेका अनुसार बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष निकालेको छन् ।  चिकित्सकले क्यान्सर नभएको निष्कर्ष निकाले पनि ट्युमरलाई भने दुईरतीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नु पर्ने सुझाएका छन् ।

तत्कालै शल्यक्रिया नभए क्यान्स को खतरा हुने चिकित्सकको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077