काठमाडौँ। नेपाली फिल्म पाईरेसी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
अनाधिकृत रुपमा नेपाली कथानक चलचित्र बिक्रि वितरण गर्ने र इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालमा अपलोड गरी बिक्रि गरेको भन्दै परेको उजुरीका आधारमा लम्जुङका सुजन परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका परियारमाथि थप अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
Leave a Reply