झापा । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेत्र बिक्रम चन्द नेतृत्वको ‘विप्लव’ समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् ।
आइतबार पुल उद्घाटन र शिलान्यास गर्न आफ्नो गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले अबको केही दिनमै विप्लवसँग शान्तिपूर्ण तबरले वार्ता हुने बताए ।
उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘अलिअलि समस्या रहेको विप्लवसँग अबको केही दिनमै वार्ता गर्छौं, यसका लागि कुरा भइरहेको छ ।’
पछिल्लो समय विप्लवले पनि आफुहरु वार्तामा आउन लागेको बताउदै आएका छन् ।
Leave a Reply