धनुषा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन करोड नेपालीको भाग्य र भविस्यमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।
आइतवार जनकपुरमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह समेत गरेका छन्। भट्टराईका अनुसार ओलीले राजीनामा नदिए ओली आफ्नै लागि वियोगान्त हुने खतरा छ।
'राजीनामा नदिए प्रतिनिधि सभाले विकल्प खोज्छ' भेलालाई सम्बोधन गर्दै उनले भने ।
नेता भट्टराईले सर्वोच्च अदालतले फैसला गरिसक्दा पनि प्रधानमन्त्री पदमा बसिराख्नु अनैतिक भएको दाबी गरे । ‘नैतिकरूपमा पद त्याग गर्नु आजका लागि उत्तम विकल्प हो । राजीनामा नगरे प्रतिनिधि सभाले त्यसपछि विकल्प खोज्छ, हठ गर्नुभयो भने उहाँका लागि वियोगान्त हुनेछ ।
नेता भट्टराईले ओलीले लचकता देखाएमा नेकपा एकताको झिनो सम्भावना बाँकी नै रहेको दाबी गरे ।