काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन्।
सन्दीपले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्ने छन् ।
लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र लामिछानेले पिएसएल खेल्ने पक्का भएको हो ।
लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो ।
जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा नै प्रतियोगिता छोड्नु परेको हो ।
उनको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ लागेका हुन ।
लामिछानेले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेलेका थिए ।लामिछानेले सात खेलमा ११ विकेट लिएका थिए । सन् २०२० मा भने उनले पिएसएल खेल्न पाएनन् ।
Leave a Reply