Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टी एकताको बिषयमा जोड दिन उपाध्यक्ष गौतम बालुवाटारमा

काठमाडौं।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् ।

बालुवाटार स्रोतका अनुसार उपाध्यक्ष गौतम नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास पुगेका हुन ।

बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल चलिरहेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रधानमन्त्री ओली र प्रचण्ड–माधव समूहले संसद पनस्र्थापनापछि सत्ता समीकरणको प्रयास गर्दै गर्दा गौतमले पार्टी एकतामा जोड दिएका हुन् ।

आजै बेलुका ५ बजे प्रधानमन्त्री ओलीले मन्त्री परिषद्को बैठक समेत बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077