Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अब पशुपतिनाथमा भेटी चढाउँन पनि ‘क्यूआर कोड’

काठमाडौँ। पशुपतिनाथको मन्दिरमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने व्यवस्था गरिएको छ ।

पशुपति विकास कोष र बैंक अफ काठमाडौँ लिमिटेडको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रका चार स्थानमा ‘क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्ने सम्बन्धी आज सम्झौता भए पश्चात् उक्त व्यवस्था गरिएको हो ।

मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने व्यवस्था गरिएको कोषले जनाएको छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ ।

सो प्रणालीबाट पशुपतिनाथका नाममा प्राप्त हुने दान, दक्षिणा पनि पारदर्शी हुने विश्वास गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कार्यको शुभारम्भ गर्दै देशभर यो प्रणालीको विकास गरिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077