Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिपरले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा रहेका छन् ।

हिजो बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा२क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा लुम्बाको गएराति पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077