Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा नामको विवाद अबको केही दिन मात्रै, अदालतले तोक्यो मिति

काठमाडौँ। अन्तत: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाममा रहेको विवाद अब केही दिनमा टुंगिने भएको छ ।

सर्वोच्च अदालतले नेकपा नामको विवाद आगामी फागुन २० गते निर्णय सुनाउने भएपछि सो विवाद अबको केही दिनमै टुंगिन लागेको हो ।

आज (बिहीबार) न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको सर्वोच्चका  किशोर पौडेलले जानकारी दिए ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषिराम कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077