काठमाडौं । आज बस्ने भनिएको नेपाली काँग्रेसको पदाधिकारीको बैठक सुरु भएको छ ।
नेकपाका प्रचण्ड-माधव समुहले सत्ता सहकार्यको प्रस्ताव गरेपछि यसबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा अहिले बैठक बसिरहेको हो ।
प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी कदमलाई सर्वोच्चले बदर गरेसँगै नेकपाका प्रचण्ड माधव पक्षले सत्ता सहकार्यको लागि बुधबार सभापति देउवालाई उनकै निवासमा गएर भेटेका थिए । भेटपछि देउवाले देउवाले पार्टीमा छलफल गरी अघि बढ्ने बताएका थिए ।
अहिले यसै विषयमा छलफल गर्न देउवा निवासमा काँग्रेसको बैठक बसिरहेको छ ।
Leave a Reply