Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अब हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

    अब हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् ।

    बिहीबार हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने धारणा राखे । विद्यालयले ज्ञानसँगै सीपसमेत दिनसक्नुपर्ने उनको भनाइ थियो ।



    पौडेलले प्राविधिक शिक्षामा पनि फरकपन दिनसक्नुपर्ने बताए । प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यकपर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्नु पौडेलको भनाइ थियो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार