कञ्चनपुर। जिल्लाको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक व्यक्तिको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाए अनुसार मृतक चौधरी डेरा फार्मेसीमा अध्ययनरत थिए । उनी आफै डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको हो ।
कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा अनुसार मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको पारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्दपी उनको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याएको छ ।
Leave a Reply