Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी बैठक बस्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि भावी सत्ता समीकरणको कसरत सुरु भएसंगै बैठक बस्न लगिएको सचिव देउवाले बताए ।

बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभापति देउवालाई करिब आधा घण्टा भेटेका थिए, देउवाले पार्टीमा छलफल गरेर आफुले निर्णय लिने बताएपछि आज बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077