Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • किर्ते गरी करोडौं हिनामिना गर्ने मालपोत अधिकृत दमाई पक्राउ

    किर्ते गरी करोडौं हिनामिना गर्ने मालपोत अधिकृत दमाई पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले १ करोड १७ लाख राजस्व हिनामिना गरेको आरोपमा जिल्ला मालपोत कार्यालय भरतपुरका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई पक्राउ गरेको छ ।

    चितवनका तत्कालीन मालपोत अधिकृत दमाईले आर्थिक वर्ष २०७४/७५ र ०७५/७६मा भूमि प्रशासन सम्बन्धि सरकारी खातामा दाखिला हुनुपर्ने १ करोड १७ लाख रुपैयाँ किर्ते छाप तथा दस्ताखत र नक्कली बिल भरपाई गरेर आफूले लिएका थिए ।



    सीआईबीका डीआईजी सहकुलबहादुर थापाका अनुसार दमाइले विभिन्न ११ वटा नक्कली बिल भरपाई बनाएर उक्त रकम लिएको तर सरकारी खातामा दाखिला नगरे फाइलमा दुरुस्त राखेको अनुसन्धानमा खुलेको छ ।



    दमाईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सरकारकी छाप कीर्ते गरेको भेटिएपछि थप अनुसन्धानका लागि सीआईबीमा बुझाएको थियो ।

    ५९ वर्षीय दमाई काठमाडौंको कागेश्वरीबाट आज पक्राउ परेका हुन् । दमाईमाथि थप अनुसन्धान भइरहेको डीआईजी थापा बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार