काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुह का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु पदमा रहँदासम्म आफूले देश र जनताको पक्षमा राम्रो काम गरिरहने बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मंगलबार सर्वोच्चको फैसलापछि पनि देशको प्रमुखको रुपमा आफ्नो कामको रफ्तार नफेरिने बताएका हुन् ।
मंगलबार सर्बोच्चको फैसलापछि उनले नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले चितवनमा लड्डु खाँदै आपसमा खुसीयाली मनाएको हास्यास्पद रहेको व्यंग गरे ।
भोलि पर्सिदेखी प्रचण्ड–नेपालले आफ्नो राजीनामा माग्न सक्ने भन्दै ओलीले उनीहरु भाइहरु हुन् लड्डु खाँदैमा केही पाउदैनन् उनले भने।
उनले सर्वोच्चको फैसलापछि पनि आफ्नो देश विकासको संकल्पमा केही फरक नभएको र त्यस्तो हुन आवश्यक समेत नरहेको बताए । पदमा रहेसम्म आफूले इमान्दार भएर देश र जनताको पक्षमा निरन्तर उही रफ्तारमा काम गर्ने ओलीको भनाइ छ ।
आफुले गरेको पछिल्ला कामहरुप्रति अन्य केही नेताहरुले डाह गरेको र कृषि क्षेत्रसहितका क्षेत्रमा सरकारले राम्रो काम गरिरहेको भन्दै नेपाल विकासको दृष्टिले हरेक क्षेत्रमा नयाँ युगमा प्रवेश गरेको ओलीको दावी छ ।
Leave a Reply