Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गौतमले भने–‘ओली गलत र प्रचण्ड सही भएको पुष्टि भयो, अब पार्टी एकता गर्नुपर्छ

    गौतमले भने–‘ओली गलत र प्रचण्ड सही भएको पुष्टि भयो, अब पार्टी एकता गर्नुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले संसद विघटनविरुद्ध अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालेको कदम सही सावित भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम गलत भएको भन्दै उनले यस्तो बताएका हुन् ।

    न्युज एजेन्सी नेपाल एनएएनसँग कुरा गर्दै गौतमले भने–‘उहाँले (प्रचण्डले) चाल्नुभएको कदम सही सावित भएको छ । केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति अध्यक्षद्धयले भूमिका खेल्नुपर्ने हो ।’ भने ।



    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले नेकपा फुटाएको भन्दै गौतमले भने–‘पार्टी एकताको सुरुवात ओली प्रचण्डले नै गर्नुपर्छ ।’



    गौतमले भनेका छन्–‘एउटा हुँदाखाँदाको पार्टीलाई फुटाएर उहाँहरु हिँड्नु भएको छ । हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरुले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ । एकताको पक्षमा रहेका साथिहरु जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकताबद्ध हुनको निम्ति एउटा ठूलो दबाव सिर्जना गर्छौं ।’

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । त्यसलगत्तै नेकपा टुक्रिएको थियो ।
    पार्टी दुई टुक्रा भएपनि उपाध्यक्ष गौतम भने दुवैतिर नलागी पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए।

    संसद विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेकाले अब ओलीले पार्टीमा आत्मालोचना गर्दै तुरुन्तै राजीनामा गर्नुपर्ने गौतमले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार