Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रहरीद्वारा भाञ्जाको अपहरण गरी एक करोड फिरौती माग्ने मामा सार्वजनिक

    प्रहरीद्वारा भाञ्जाको अपहरण गरी एक करोड फिरौती माग्ने मामा सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 3.2K
    SHARES

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले आफ्नै भाञ्जाको अपहरणको आरोपमा पक्राउ परेका मामालाई सार्वजनिक गरेको छ ।

    आइतबार नगइराइन नगरपालिका-६ लग्माबाट आफ्नै भान्जाको अपहरण गर्ने मामा  रामरतन भनिने लक्ष्मेश्वर दासलाई धनुषा प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।  २० बर्षीय लक्ष्मेश्वर चन्दनका आफ्नै मामा हुन् ।



    चन्दन अपहरणमा संलग्नता रहेको भन्दै प्रहरीले लक्ष्मेश्वर, अपहरित बालकका पिता रमेशसहित तीन जनालाई पक्राउ गरेको थियो ।



    तर, घटनामा लक्ष्मेश्वरको मात्रै संलग्नता देखिएपछि प्रहरीले उनलाई छाडेको छ ।

    शनिबार लग्माका रमेश दासका छोरा चन्दन दासलाई महोत्तरी घर भइ जनकपुरधाम उपमहानगरपालिका-७ मा बस्ने २० वर्षीय रामरतन दास भन्ने लक्ष्मेश्वर कुमार दासले अपहरण गरेको धनुषाका एसपी  प्रकाश रानाभाटले बताए।

    शनिबार घरबाट खेल्न निस्केका चन्दनलाई मामा लक्ष्मेश्वरले ललाईफकाई मोटरसाइकलमा बसाएर लगेका थिए।

    खेल्न गएको घण्टौंसम्म घर नआएपछि उनको परिवारले खोजी सुरू गरेको थियो।

    अपरान्ह साढे चारबजे अपिरिचित नम्बरबाट मामा लक्ष्मेश्वरले फोन गरी एक करोड फिरौती मागेका थिए।

    त्यसपछि बालक अपहरणमा परेको परिवारले जानकारी पाएका थिए।

    परिवारले प्रहरी कार्यालयमा उजुरी दिएपछि चन्दनलाई मामा लक्ष्मेश्वरको डेराबाट उद्धार गरेको थियो।

    बालकलाई परिवारको जिम्मा लगाइसकिएको  एसपी रानाभाटले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार