जनकपुर । प्रदेश २ सरकारले प्रमुखमा नियुक्त भएका राजेश झा ‘अहिराज’लाई स्वागत नगर्ने निर्णय गरेको छ । दलित समुदायका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर उच्च जातिका झालाई नियुक्त गरेको भन्दै नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वीकार नगर्ने भएको छ ।
नेकपाभित्र प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को झगडाका कारण परियारलाई हटाएर ओलीले आफू निकटका राजेश झा ‘अहिराज’लाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । प्रदेश २ सरकारका भूमि, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले प्रतिगमनका मतियारहरुको देशभर तिरस्कार हुँदै गर्दा प्रदेश २ सरकारले त्यस्ताको स्वागतका लागि रातो कार्पेट ओछ्याउँछ भनेर सपना नदेख्न आग्रह गरे ।
प्रदेश प्रमुखको कार्यालयले भने नयाँ प्रदेश प्रमुखको स्वागतका लागि तयारी थालेको छ । प्रदेश सरकारका मुख्य सचिव तथा कर्मचारीहरु प्रदेश प्रमुख झाको स्वागतका लागि एयरपोर्ट गए पनि नेकपा ओली समूह कार्यकर्ताहरु पनि स्वागतका लागि गएका छन् ।
Leave a Reply