Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • तस्करीको काठ नियन्त्रणमा लिन प्रहरीले चलायो चार राउण्ड गोली

    तस्करीको काठ नियन्त्रणमा लिन प्रहरीले चलायो चार राउण्ड गोली

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    सांकेतिक तस्विर

    रौतहट । चिरान काठसहित एउटा पिकप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा १६ च २२३३ नम्बरको भ्यान प्रहरीले नियन्त्रणमा लिएको हो ।

    गएराती १२ बजेको समयमा रौतहटको बागमती सव डिभिजन कार्यालय अन्तर्गतको वन क्षेत्रबाट तस्करी काठ हुँदै गरेको अवस्थामा उक्त भ्यान नियन्त्रणमा लिएको हो ।



    सहायक वन अधिकृत अमरदेव यादवको कमाण्डमा गएको वन गस्ति टोलीले ४६ थान चिरान काठ बरामद गरेको डिभिजन वन कार्यलय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिए । बरामद भएको काठ ५३.८ क्युफिट रहेको सिंहले जानकारी दिए ।



    गाडी नियन्त्रणमा लिनका लागि सशस्त्र वन रक्षकले ४ राउण्ड गोली समेत चलाउनु परेको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार