Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अब ताजा जनादेशमा जानुको बिकल्प छैन : कमल थापा

    अब ताजा जनादेशमा जानुको बिकल्प छैन : कमल थापा

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    फाइल तस्विर

    झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले जटिलता निम्त्याएको हुँदा अब  ताजा जनादेशमा जानुको बिकल्प नभएको वताएका छन् ।

    आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्रलगायतका समस्याको समाधानका लागि  ताजा जनादेशमा जानु नै सबैभन्दा  उत्तम हुने वताए।



    अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरी हित हुने दाबी गरे ।



    सबै धर्मको सम्मान हुने गरि सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने पनि थापाको धारणा थियो।

    कम्युनिस्ट पार्टी भित्रको द्वन्द्व देश हित र निर्माणका निमित्त नभई कुर्सी शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार