Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सरकारसँग वार्ता गर्न विप्लव समूह तयार

    सरकारसँग वार्ता गर्न विप्लव समूह तयार

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले आफू सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।

    शनिबार एक विज्ञप्ति जारी गरी विप्लव समूहका महासचिव विप्लवले आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् ।



    विज्ञप्तिमा भनिएको छ–‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार