Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जलक्षेत्रमा चीनलाई बल प्रयोग विरुद्ध अमेरिकाको चेतावनी

    जलक्षेत्रमा चीनलाई बल प्रयोग विरुद्ध अमेरिकाको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    वासिङटन।  अमेरिकाले विवादास्पद जलक्षेत्रमा चीनलाई बल प्रयोग विरुद्ध चेतावनी दिएको छ । दक्षिण चीन सागरमा चिनियाँ अभियानलाई गैरकानुनी भन्दै अमेरिकालेयस्तो चेतावनी दिएको हो।

    विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिनियाँ गतिविधिबारे आपत्ति जनाएको हो ।



    हालै चीनले पानीमा विदेशी जहाज प्रवेश गर्दा त्यसविरुद्ध हतियार प्रयोग गर्नसक्ने भन्दै अधिकार सहितको कानुन बनाएपछि अमेरिकी विदेश मन्त्रालयले आपत्ति जनाएको हो ।



    अमेरिकाले लामो समयदेखि नै रणनीतिक जलमार्गमा चिनियाँ दाबीलाई अस्वीकार गर्दैआएको छ ।

    तर अमेरिकी विदेशमन्त्री माइक पम्पिओले भियतनाम र फिलिपिन्स जस्ता दक्षिणपूर्वी एसियाली देशहरुलाई विवादमा अल्झिनु भन्दा आफ्नो स्थान स्पष्ट बनाउन भनेका थिए ।

    दक्षिण चीन सागर क्षेत्रमा चीन र अमेरिकाबीच कायम विवाद पछिल्लो समय गहिरिँदै गएको छ ।

    राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि दुई देशबीचको विवाद साम्य हुने कुनै संकेत देखिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार