काठमाडौं । पूर्व कानुनमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई फेरि नेकपाको ओली समूहमै फर्किएका छन् ।
सुरुमा ओली समूहमा खुलेका शेरबहादुर दम्पती प्रचण्ड-नेपाल समूहमा आएर फेरि ओली समूहमै गएका हुन्।
। प्रचण्ड- नेपाल समूहमा सही व्यवस्थापन हुुन नसक्ने देखेर आफूूहरु ओली समूहमै फकिएको प्रदेश १ की सांसदसमेत रहेकी उषाकला राईले बताइन् ।
सिन्धुपाल्चोक २ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् ।केही दिन प्रधानमन्त्री ओली नेतृत्वको केन्द्रीय समितिमा रहेका उनी सो दल छोडेर प्रचण्ड- नेपाल नेतृत्वको नेकपामा रहेका थिए ।
उनले प्रधानमन्त्री ओलीको समूह नै मूल नेतृत्व रहेको र पार्टीको जुन दृष्टिकोण विचारधाराबाट प्रशिक्षित भएको थियो भन्दै त्यसलाई छोड्न नसक्ने उल्लेख गरे ।
Leave a Reply